close

चन्द्रागिरिमा ६० शय्याको आइसोलेसान संचालनमा

चन्द्रागिरिमा ६० शय्याको आइसोलेसान संचालनमा

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

 

चन्द्रागिरिकानगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन् ।

 

“नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेका छौँ”, गिरीले भने । दुवै आइसोलेशन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ ।

 

यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि  बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।