close

चाँगुनारायण अस्पतालाई अक्सिजन सिलिण्डर सहयोग

चाँगुनारायण अस्पतालाई अक्सिजन सिलिण्डर सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर प्राप्त भएको छ । संक्रमित चाँगुवासीको उपचार भइरहेको उक्त अस्पतालमा अक्सिजनको अभाव भएपछि १० शय्याको अस्पताललाई  सिलिण्डर सहयोग गरिएको हो । 

 

स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा दुई  लाख ४८ हजार रुपैयाँमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो । 

 

अस्पताललाई आफूले एक लाख २४ हजारमा पाँच र चाँगुनारायण-४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतको सहयोगमा एक लाख २४ हजारमा थप पाँच गरी ठूलो सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको बुढाथोकीले बताए । 


पालिकाभित्रका कोरोना संक्रमितले अन्य अस्पतालमा उपचार गर्न शय्या नपाए पछि अहिले उक्त अस्पतालमा १०  शय्या भए पनि ११ कोरोना बिरामीको उपचार भइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पालिका खरबरलाई जानकारी गराएका छन् । नगरपालिकाले कोरोना संक्रमितका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरिरहेको छ ।