close

ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी बेरुजु

ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी बेरुजु

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - जिल्लाका ९ वटै स्थानीय तहमा २५ करोड रुपैयाँ बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले यहाँका ९ स्थानीय तहमा उक्त रकम बेरुजु रहेको देखाएको हो ।


लेखा परीक्षण भएको बजेटको अनुपातलाई तुलना गर्दा ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु मिक्वाखोला गाउँपालिकाको रहेको छ । 


मिक्वाखोलाको ७ करोड २३ लाख २२ हजार बेरुजु कायम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 


यस्तै, स्थानीय तहमध्ये दोस्रो ठूलो बेरुजु पाथीभरा याङ्वरक गाउँपालिकामा देखिएको छ । ६७ करोड ६४ लाख ३३ हजार रुपैयाँको लेखा परीक्षण हुँदा यो गाउँपालिकाको ६ करोड ८ लाख ३ हजार बेरुजु देखिएको छ । 


त्यस्तै, मेरिङ्देन गाउँपालिकाको ४ करोड ५१ लाख ६६ हजार, मैवाखोलाको १ करोड ९१ लाख ४४ हजार, फक्ताङ्लुकोे १ करोड ९२ लाख ३९ हजार रुपैयाँ बेरुजु भएको छ । फुङलिङ नगरपालिकाको १ करोड ५२ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको छ  ।


सिदिङ्वा गाउँपालिकाको ७७ लाख ६७ हजार, आठराई त्रिवेणीको ६२ लाख २० हजार, सिरिजंघा गाउँपालिकाको ६१ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ ।