close

जनप्रतिनिधिका दुःख: काम गरे प्रचारक, नगरे नालायक !

किन अराजक हुँदै छौँ हामी ? 

जनप्रतिनिधिका दुःख: काम गरे प्रचारक, नगरे नालायक !

किन अराजक हुँदै छौँ हामी ? 

Trulli
ADVERTISEMENT

मलाई अचम्म लागेको छ । यस्तो नकारात्मक सोचप्रति दुःख लागेको छ । हुँदाहुँदै विरोधको पनि पराकाष्ठा । मान्छे मर्न आँटेका बेला अक्सिजन पुर्‍याइदियो भने सस्तो प्रचार गर्‍यो भन्छन् ।

 

बिरामीले  अस्पताल जान एम्बुलेन्स पाएनन् भनेर आफु चढ्ने गाडी दियो प्रचार गर्‍यो भन्छन् । घरमा मरेको मानिसको शव ब्यस्थापन गर्न धेरै समय कुर्नुपर्‍यो, गाह्रो भयो भनेर केही मलगायतका साथीहरू मिलेर आफ्नो खर्चमा शव वाहनको व्यस्थापन गर्‍यौँ, प्रचार गर्‍यो भन्छन् ।

 

कसैलाई राती अस्पतालको बेड नपाएर अत्यन्तै समस्या भएर अक्सिजन गाह्रो परेको मानिसलाई पठायो र सम्बन्धित ब्यक्तिले खुसी भएर फोटो हाल्दा कस्तो नाटक गरेको भन्छन् । रात-रातभर नसुती नसुती बिरामीहरूको अस्पतालको व्यस्थापन गर्‍यो प्रचार गर्‍यो भन्छन् ।


बिरामीहरूले अक्सिजन नपाएर गाह्रो भयो र संक्रमितहरू घरमा बस्न बाध्य भए भनेर अक्सिजनसहित चिकित्सकको टोली र विराटनगरका अस्पतालहरूको समन्वयमा व्यवस्थापन गर्ने गरी महानगरको न्यूनतम खर्च र बाँकी साझेदार संस्थाको हुने गरी ५१ बेडको आइसोलेसन बनायो ।

 

१००० बेडको बनाउनुपथ्र्यो भन्छन् र निर्णय भएको कुरा थाहा छैन भन्छन् । हुँदाहुँदै केही नलागेर बदनाम गराउन समाजमा नबिकेका मानिसलाई आफ्नो सीमित स्वार्थका लागि प्रयोग गरेर कोभिडको खोप मारवाडी, घराना परिवारलाई लगाएको भनेर दुस्प्रचार गर्दा त मलाई यिनीहरूको निच सोचप्रति दया लागेको छ ।

 

आफू घरबाट कहिल्यै डरले, आफ्नो मान्छे बिरामी हुँदा, न मृत्यु हुँदा बाहिर निस्कन्छन् । तर, अरूले आफू आफ्नो परिवार सबै माया मारेर ज्यान जोखिममा राखेर अन्तरहृदयदेखि सेवाभावले काम गरेको मानिसलाई हतोत्साही गरेको देख्दा दुःख लागेको छ ।


तर, म यस्ता नकारात्मक टिप्पणीबाट विचलित नभई निरन्तर सेवाभावका साथ, थप ऊर्जाका साथ, आलोचना र नकरात्मक टिप्पणीलाई आशीर्वादको रूपमा लिई, आफ्नो धर्म, दायित्व र कर्तव्यलाई शिरोपर गरी इमानदार रूपमा काम गरिरहन्छु । जय नेपाल ।   सबैको जय होस्, कल्याण होस् ।

 

विराटननगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकाे फेसबुकबाट