close

कास्कीका पालिकाले पाए कोभिड नियन्त्रणको बजेट

कास्कीका पालिकाले पाए कोभिड नियन्त्रणको बजेट

Trulli
ADVERTISEMENT

कास्की- जिल्ला समन्वय समितिले कास्कीका ५ वटै स्थानीय तहलाई कोभिड नियन्त्रणका लागि सहयोग गरेको छ । पोखरा महानगर र ४ वटै गाउँपालिकामा बजेट उपलब्ध गराएको हो । समितिको बैठकले पोखरालाई ६० लाख र अङ पालिकालाई १० लाखका दरले १ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।

 

पालिका स्तरीय अस्पतालमा स्वास्थ्य संरचना, अक्सिजन बेडलगायत स्वास्थ्य सामग्री खरिदका लागि बजेट विनियोजन गरिएको प्रमुख बैनबहादुर अधिकारीले बताए । समितिको मौज्दात कोषबाट पालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न बजेट दिइएको हो । जिल्लामा कोभिड-१९ को प्रभाव बढी देखिएको र व्यवस्थापन कमजोर भएको समितिले जनाएको छ । 

 

यसैगरी पोखरा महानगर वडा नम्बर १६ स्थित मातृशिशु अस्पतालमा २० शय्याको आइसोलेसनका लागि १५ लाख रुपैयाँ तत्काल महानगरको खातामा पठाउने निर्णय भएको छ । बैठकले कोभिड-१९ महामारीबीच विभिन्न खाद्य एवं स्वास्थ्य सामग्रीमा अमानवीय तवरबाट कृत्रिम अभाव देखाउँदै अस्वाभाविक मूल्यवृद्धि भएको जनगुनासो आएकाले मानवीयतालाई ख्याल गर्न र स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा ल्याई सहज आपूर्तिको व्यवस्था मिलाउन सबैको ध्यानाकर्षण गराएको छ ।

 

हालको महामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी सदस्य सहजीकरणमा अझै प्रभावकारी ढंगले लाग्ने निर्णय गरिएको अधिकारी बताउँछन् ।