close

पोखरा महानगरलाई कोरोनाले सिकायो पाठ, बन्न थाले अक्सिजन प्लान्ट (भिडियो खबर)

पोखरा महानगरलाई कोरोनाले सिकायो पाठ, बन्न थाले अक्सिजन प्लान्ट (भिडियो खबर)

ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले आफ्नै भवनमा १ सय शय्याको आइसोलेसन वार्ड बनाउने भएको छ । साविकको लेखनाथ नगरपालिकाको भवनमा कोरोना युनिट निर्माण गर्न लागेको छ । शिशुवा अस्पताल मातहत रहने गरी भवनमा उच्च गतिको अक्सिजन सहित आइसोलेसन निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

यो अभियानमा सरकार र पोखरा स्थित लायन्स क्लवले समेत साथ दिएका छन् । लायन्सले ५० शय्याको व्यवस्था गरेको छ भने भेन्टिलेटर र आईसियू सहयोग पनि गर्न लागेको छ । करिब १ करोड लागतमा आइसोलेसन वार्ड तयार गर्न लागिएको महानगरले जनाएको छ । 

 

आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजन पाइपलाइनका लागि २५ लाख रुपैयाँमा बोलपत्र आब्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ ।

 

साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको थियो । वडा कार्यालयलाई भाडाको घर खोजेर महानगरले १० दिनभित्रै सन्चालनमा आउने गरी वार्ड निर्माण गरिरहेको छ । अहिले त्यहाँ सरसफाई र अक्सिजन पाईपलाईन विस्तारको काम सुरु भैसकेको छ । संघ सरकार र लायन्स क्लवले सहयोग गरेपछि अपुग रकम महानगरले व्यहोर्ने छ ।

 

अहिले महानगर अन्तर्गत सन्चालित बहु प्राविधिक शिक्षालयले विएस्सी नर्सिङको कोर्ष यहीँबाट गराउने तयारी पनि थालेको छ । यद्यपि यसको निर्णय भने भैसकेको छैन । कोभिड उपचारका लागि सबै कर्मचारी र स्वास्थ्य कर्मी महानगरले नै खटाउने छ ।