close

कोरोना महामारी रोक्न माथागढीको यस्तो छ प्रयास (भिडियो खबर)

कोरोना महामारी रोक्न माथागढीको यस्तो छ प्रयास (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा-अहिले नेपाली जनता रोग, शोक र भोकमा तड्पी रहेका छन् । संक्रमितको संख्या दैनिक बढीरहेको छ । यसको रोकथामको लागि स्थानीय सरकार समेत जुटीरहेका छन्। पाल्पाको माथागढी गाउँपालिका पनि १० शय्याको आइसोलेसन निर्माण गरेर कोरोना नियन्त्रणमा लागेको छ ।

 

माथागढी गाँउपालिकाले पनि १५ शय्याको कोभिड अस्पताल संचालन गरेको छ । यस अघि संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा ५ शय्या र गाउँपालिकाको आफ्नै लगानीमा ५ शय्या गरी १० शय्याको कोभिड अस्पताल सञ्चालन गरे पनि  गाँउपालिकामा  संक्रमणको दर बढ्दै गएपछि गाँउपालिकाले थप ५ शय्या गरी १५ शय्याकोे कोभिड अस्पताल माथागढी गाँउपालिका वडा नम्बर ४ देवीनगरमा संचालन गरी सेवा बिस्तार गरेको छ । 

 

१५ शय्याको अस्पतालमा १५ वटै विशेष केयरसहितको शय्या राखिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना महामारीले देशमा भयावह अवस्था निम्तिएपछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ ।

 

समुदाय स्तरमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री सहित आफू तयारी अवस्थामा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

 

कोभिड अस्पतालमा उपचारका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै जाँदा कोरोना संक्रमितको सहज उपचारका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेलेकोे छ । यसले समुदायमा थप कोरोना संक्रमण फैलिन नदिन समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ ।