close

शिक्षामा प्रविधिः फेदीखोलामा अनलाइनबाटै नतिजा

शिक्षामा प्रविधिः फेदीखोलामा अनलाइनबाटै नतिजा

Trulli
ADVERTISEMENT

स्याङ्जा- फेदीखोला गाउँपालिकाले कक्षा ८ को परीक्षाको नतिजा अनलाइनमार्फत प्रकाशन गरेको छ । गाउँपालिकाले मंगलबार नतिजा प्रकाशन गरेको हो ।

 

नतिजा प्रकाशन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेभसाइटमा हेर्न सकिने बताए ।

 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षामा २ सय ३० जना विद्यार्थी सहभागी भएको र सबै विद्यार्थी उत्तिर्ण भएको जानकारी दिएका छन् । गाउँपालिकाले गत वैशाख १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । कक्षा १ देखि ९ सम्मको नतिजा भने विद्यलयले नै प्रकाशित गरेका छन् ।

 

कोरोना महामारीका कारण धेरै पालिका र विद्यालयहरु अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले भने अनलाईनमार्फत विद्यार्थीको नतिजा प्रकाशन गरेको हो ।