close

संक्रमितका घरघर पुग्दै अपिहिमालका स्वास्थ्यकर्मी

संक्रमितका घरघर पुग्दै अपिहिमालका स्वास्थ्यकर्मी

Trulli
ADVERTISEMENT

दार्चुला- अपिहिमाल गाउँपालिकाले पालिकाभित्रका कोरोना संक्रमित व्यक्तिहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न घरदैलो सेवा सुरु गरेको छ । जिल्लाकै विकट मानीएको गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो ।


पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड-१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड-१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो । सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा खटिएको पालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए ।

 

गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन ।  स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको छ ।

 

गाउँपालिकाले वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाएको छ । यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ ।