close

छाङ्गरु र तिङ्करका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै

छाङ्गरु र तिङ्करका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यास गाउँपालिकालाई प्रदान गरेको खोप लगाइने भएको हो ।


छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्लामा आइसकेको र अबको केहि दिनमै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले पालिका खबरलाई जानकारी गराए ।


त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने पालिकाले जनाएको छ । 


कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो । व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए । व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् ।


व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ ।