close

अक्सिजन प्लान्ट जडान गर्न पाल्पा अस्पताललाई डेढ करोडको थैली

अक्सिजन प्लान्ट जडान गर्न पाल्पा अस्पताललाई डेढ करोडको थैली

Trulli
ADVERTISEMENT

पाल्पा– संघीय अर्थ मन्त्रालयले जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ड जडान गर्न बजेट विनियोजन गरेको छ ।

 

अर्थ मन्त्रालयले पाल्पा अस्पतालका लागि प्लान्ट स्थापना गर्न १ करोड ५० लाख रुपैयाँ स्वीकृत गरेको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए ।

 

पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि सोमबार बसेको जिल्ला स्तरीय सिसिएमसीको बैठकले माग गर्ने निर्णय गरेको थियो । 

 

पाल्पामा पछिल्लो समय अक्सिजन अभावमा मृत्यु हुने बिरामीको संख्या बढिरहेको छ । सरकारले नेपालका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन विस्तार र प्लान्ट निर्माणका लागि १६ करोड ८० लाख रुपैयाँ थप बजेट निकासा दिएको छ ।

 

प्लान्ट निर्माणका लागि बजेट निकास भएसँगै यसको तयारीमा लागिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए ।