close

अस्पष्ट नीतिका कारण दाङमा रेम्डेशिभिर औषधिको बिक्रीमा विवाद 

अस्पष्ट नीतिका कारण दाङमा रेम्डेशिभिर औषधिको बिक्रीमा विवाद 

Trulli
ADVERTISEMENT

दाङ- दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा रही रेम्डेशिभिर बिक्री गर्न थालिएको थियो । 


औषधि व्यवस्था विभाग नेपालगञ्जमा पुगेपछि त्यहाँबाट आएको टोलीले घोराहीस्थित कालिका मेडिकल हलमा छापा हान्यो र रेम्डेशिभिर बिक्री वितरण गरेको पाइएपछि रोकसमेत लगायो  ।


जिल्लामा सरकारी स्तरबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजीस्तरबाट तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलले रेम्डेशिभिर बिक्री गर्दै आएका थिए भने थोक औषधि व्यवसायी सङ्घले कालिका मेडिकलमार्फत बिक्री गर्दै आएको थियो । तर कालिका मेडिकललाई रोक लगाएपछि विवाद सिर्जना भएको हो ।

 

अहिले प्रादेशिक अस्पतालले चार हजार ९०० मा रेम्डेशिभिरको बिक्री गर्दै आएको छ जुन सरकारले तोकेको मूल्य नै हो । सरकारले चार हजार ९०० भन्दा बढी नलिन निर्देशन जारी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने त्यही औषधिलाई चार हजार सातसय ५० मा बिक्री गर्दै आएको छ भने थोक औषधि व्यवसायी सङ्घले चार हजार ८०० मा वितरण गर्दै आएको थियो । जुन औषधिको खरीद मूल्य चार हजार ५०० पर्छ ।