close

राष्ट्रिय सभा सदस्य निर्वाचन सुरु, परिणाम पनि आजै 

राष्ट्रिय सभा सदस्य निर्वाचन सुरु, परिणाम पनि आजै 

Trulli
ADVERTISEMENT

काठमाडौं- रिक्त भएको एकजना राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचन सुरु भएको छ । विहान ९ बजेवाट हेटौडामा मतदान सुरु भएको हो । 


वागमती प्रदेशवाट प्रतिनिधित्व गर्ने एक जना रिक्त सदस्यका लागि आज मतदान सुरु भएको हो । मतदानमा बागमती प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्दै छन् ।


नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारवाही गरेपछि उम्मेदवार बनाएको छ भने कांग्रेस, माओवादीलगायतको गठबन्धनका साझा उमेदवार डा. खिमलाल देवकोटा छन् । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । 

 

नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् भने नेकपाकै माधव नेपाल खेमाको उमेदवारका रुपमा खडा भएका देवकोटालाई मत हाल्ने कि नहाल्ने भन्ने विषयमा नेपाल खेमा विभाजित छ । 


नेपालले विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।राष्ट्रिय सभा उपनिर्वाचनका लागि बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप–प्रमुख २ सय ३८ जना मतदाता छन् । 

 

अपरान्ह ३ बजे मतदान सकिएपछि आजै गणना गर्ने र नतिजा पनि आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।