close

लमजुङमा २४ घण्टामा ८६ वटा भूकम्पका धक्का 

लमजुङमा २४ घण्टामा ८६ वटा भूकम्पका धक्का 

Trulli
ADVERTISEMENT

लमजुङ-  लमजुङमा वितेको २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता बिहिबार (आज) बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ६८ वटा भुकम्पको धक्का महसुस भएको हो ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४  रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । 

 

चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १,  ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । 

 

रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न र घरभित्र बस्नसमेत समस्या भएको स्थानीयवासी बताउँछन् भूकम्वाट ६ जना घाइते भएका छन् भने २०० घरमा क्षति पुगेको छ ।