close

संयुक्त पिसिआर प्रयोगशाला स्थापना गर्ने तयारीमा तनहुँका पालिका

संयुक्त पिसिआर प्रयोगशाला स्थापना गर्ने तयारीमा तनहुँका पालिका

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँका सबै पालिकाको सहभागितामा पिसिआर परीक्षणको प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन् ।

 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकले व्यास नगरपालिका-१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रमुख वैकुण्ठ अर्यालले पालिका खबरलाई जानकारी गराए ।

 

उक्त प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने छ । गत वर्ष असोजमा क्लबले नगरपालिकालाई एक थान पोर्टेबल मेसिन हस्तान्तरण गरेको थियो तर, कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन । तनहुँका १० वटै पालिकाको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण सम्पन्न भएको थियो ।