close

रामपुरमा विकास निर्माणका काम धमाधम (भिडयो खबर)

रामपुरमा विकास निर्माणका काम धमाधम (भिडयो खबर)

ADVERTISEMENT

पाल्पा- कोरोना भाइरसको दोस्रो लहरले मुलुक निषेधाज्ञासँग गुज्रिरहेको छ । महामारी रोकथामका उपाय अपनाइएको छ । संक्रमण फैलन नदिन स्थानीय सरकार नागरिकको घरदैलो गरिरहेका छन् । आफै खर्च कटाएर संक्रमण रोक्न आइसोलेसन निर्माण सुरु गरिरहेका छन् ।

 

अधिकांश स्थानीय सरकार महामारी रोकथाममा लागिरहँदा केही स्थानीय सरकार भने संक्रमण फैलिरहँदा विकास निर्माणमा जुटेका छन् । महामारी रोक्ने प्रयास पनि गरिरहेका छन् भने सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास आयोजना निर्माणका कामलाई अघि बढाइरहेका छन् ।

 

राज्यले एक तिर नागरिकको जिउ धनको सुरक्षा गनुपर्ने दायित्व खडा भएको छ भने अर्को तर्फ विकास निर्माणलाई पनि प्राथमिता दिनुपर्ने अवस्था छ ।  स्थानीय तह समेत कोरोनाको रोकथाम सँगै स्थानीय तहका गौरवका विकासे योजनालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अघि बढाइरहेका छन् ।

 

पाल्पाको रामपुुर नगरपालिकाले स्थानीय तहको निर्वाचन पछि सुरुकै वर्ष देखि प्रत्येक वर्ष १० देखि १२ किलोमिटर सकड कालोपत्रेको काम गर्दै आएको छ ।

 

स्थानीय तहको निर्वाचन ताका भएका बाचा र प्रतिबद्धता अनुरुप स्थानीय सरकार रामपुर नगरपालिकाले अहिले कोरोनाको महामारीको बीच पनि विकासे गतिविधिलाई निरन्तरता दिएको हो । रामपुर नगरपालिका वडा नं ५ को सुहोरा प्याकलुक, मुलतहरा  सडक खण्डको कालोपत्रे गर्ने कामलाई अघि बढाएको छ । 

 

काम भएको क्षेत्रमा सामाजिक दुरी, मास्क, स्यानिटाइजर र स्वास्थ्य सर्तकता अपनाएर काम भईरहेको छ । रामपुर नगरपालिकाको ८० लाख र स्थानिय नगारिकोको १५ प्रतिशत लागत सहभागितामा कालोपत्रेको काम भएको हो । स्थानीय नागरिकको घरदैलोमै बाटो कालोपत्रे हुँदा नागरिक खुसी भएका छन् । हिलो र धुलोमा बस्न बाध्य स्थानीयले नगर सरकार भएको महसुस गरेका छन् । 

 

स्थानीय सरकार रामपुर नगरपालिकाले सडक कालोपत्रे गरि नगरक्षेत्रलाई पूर्वाधारयुक्त बनाउने लक्ष्य अनुरुप कालोपत्रको काम जारी राखेको छ । नगरसरकारले तीन वर्षको अवधीमा ६० किलोमिटर भन्दा बढी कालोपत्रे गरेको छ ।