close

संक्रमितकाे हाैसला बढाउन बन्दिपुरकाे घरदैलाे अभियान

संक्रमितकाे हाैसला बढाउन बन्दिपुरकाे घरदैलाे अभियान

Trulli
ADVERTISEMENT

तनहुँ- कोरोना संक्रमितलाई भेट्न तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेसनमा बस्दै आएकाको घरदैलाे पुगेको हो ।


घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले पालिका खबरलाई जानकारी दिएका छन् । वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ संक्रमितलाई भेटघाट गरी हौसला दिनुको साथै सुरक्षित भएर रहन टोलीले आग्रह गरेको छ । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहितको टोली उक्त स्थानमा गएको हो  ।

 

रामकोट क्षेत्रमा मगर समुदायको बाक्लो बस्ती छ । संक्रमित भई होम आइसोलेसनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । संक्रमित भई आइसोलेसनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डलगायतका विषयमा सचेत गराइएको पालिकाले जनाएको छ । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् ।