close

शिवनाथको जनप्रतिनिधि र कर्मचारीमा देखियाे संक्रमण: १७ जेठसम्म सबै सेवा बन्द

शिवनाथको जनप्रतिनिधि र कर्मचारीमा देखियाे संक्रमण: १७ जेठसम्म सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द गरिएको छ । 

 

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहने पालिकाले जनाएको छ । 


गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

 

केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी दिइन । सङ्क्रमण पुष्टि भएका सबै अहिले होम आइसोलेशनमा रहेका छन् । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।


सबै होम आइसोलेशनमा रहेको र चाँडै न कोरोना जितेर जनताको सेवामा फर्किने गाउँपालिकाका अध्यक्ष कर्ण साउदले पालिका खबरलाई बताए । 

 

गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।