close

नयाँ प्रधानमन्त्री बन्ने विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन

२६ कात्तिक र ३ मंसिरमा निर्वाचन घोषणा

नयाँ प्रधानमन्त्री बन्ने विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन

२६ कात्तिक र ३ मंसिरमा निर्वाचन घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयँ निर्वाचनको मिति घोषणा गरेकी छन् । 


मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेपछि यस्तो निर्णय आएको हो । 


आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न निर्णय भएको छ ।   


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको  समयमा परेका दुवै दावी खारेज गरेपछि निर्वाचन मिति तय भएको हो । 

 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ । 

 

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति  देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ । त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले  विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।