close

कोरोना रोकथाममा कर्णाली सरकारको बजेट ९८ करोड  

कोरोना रोकथाममा कर्णाली सरकारको बजेट ९८ करोड  

Trulli
ADVERTISEMENT

सुर्खेत- कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ । 


चालु आव ०७७/०७८ मा मन्त्रालयमातहतका सबै जन-स्वास्थ्य सेवाकार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड बजेट निकासा गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै अक्सिजनसहित कोभिड-१९ व्यवस्थापनका लागि११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका निम्ति  १३ करोड ८० लाख गरी ९८ करोड ३० लाख रुपैयाँ निकासा गरिएको छ । 

 

कोरोना रोकथाम तथा व्यवस्थापनका लागि कर्णाली प्रदेशका ३३ स्थानीय तह र सोअन्तर्गतका रणनैतिक अस्पतालमा १२ करोड १२ लाख २० हजार रुपैयाँको बजेट निकासा भएको छ । प्रदेशका सबै जिल्ला अस्पतलामा  ४०/४० लाखका दरले मिनि अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि समेत बजेट व्यवस्था भएको छ ।


सामाजिक विकास मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्ला (अस्पताल)मा २५/२५ श्यया गरी १५० श्यया एचडियु खरिद प्रक्रियामा छन् भने प्रदेश अस्पताल सुर्खेका लागि थप ५० श्यया एचडियु स्थापनाका लागि बजेट सुनिश्चितता प्राप्त भएको छ ।