close

कार्यकालकाे समीक्षा गर्न थाले स्थानीय सरकार

महालक्ष्मीका नगरप्रमुख भन्छनः चार वर्ष उपलव्धिपूर्ण

कार्यकालकाे समीक्षा गर्न थाले स्थानीय सरकार

महालक्ष्मीका नगरप्रमुख भन्छनः चार वर्ष उपलव्धिपूर्ण

Trulli
ADVERTISEMENT

ललितपुर– २०७४ सलाको स्थानीय तहको निर्वाचनबाट महालक्ष्मी नगरपालिकाको नगर प्रमुख पदमा रामेश्वर श्रेष्ठ निर्वाचित भएको आज चौथो वर्ष पूरा भएको छ । नगरपालिकाको नेतृत्वका लागि छनोट गरेको प्रति मतदाता नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा नगरप्रमुख श्रेष्ठल आभार व्यक्त गरेको छन् ।  संघीयतापछिको पहिलो नगर प्रमुख हुने अवसर प्राप्त भएकोमा सम्पूर्ण नगरवासीहरुलाई सम्झँदै धन्यवाद व्यक्त गरेका छन् ।


नगरप्रमुख श्रेष्ठले योग्यता, क्षमताले भ्याएसम्म निःस्वार्थ, पारदर्शी भएर इमान्दारितापूर्वक काम गरेको बताएका छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि कानूनको अभावमा सुरुका केही वर्ष समस्याहरु रहेको अनुभव श्रेष्ठको छ । तरपनि नगरपालिकाले आफ्नो काम, कर्तव्य र अधिकारमा कति पनि विचलीत नभई जनताको सेवामा निरन्तर लागेको र अबको बाँकी कार्यकालको अन्तसम्ममा पनि नगरबासीकै सेवामा समर्पीत हुने श्रेष्ठ बताउँछन् । 

 

पालिका खबरसँग कुरा गर्दै नगरप्रमुख श्रेष्ठले विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रमा उल्लेख्य कामहरु गरेको र जनताको सूचनाको हकलाई सँधै सम्मान गरेको बताए । 

 

झण्डै डेढ वर्षदेखि कोरोना महामारीका कारण विकासका कामहरुमा अवरोध भएपनि विकास निर्माणलाई स्वास्थ्य मापदण्डहरुको पालना गर्दै निरन्तरता दिइरहेको नगरपालिकाले जनाएको छ ।  छोटै समयमा भएपनि नगरको विकासमा धेरै काम भएको श्रेष्ठको दाबी छ । त्यो भन्दा ठूलो कुरा त नगर विकासको आधार तयार भएको नगरप्रमुख बताउँछन् । 

 

तीब्र गतिले फैलिरहेको कोरोना संक्रमणलाई रोक्न नगरपालिकाले स्वास्थ्य सुरक्षा र उपचारका लागि प्रथमिकताका साथ विशेष सेवाहरू सञ्चालन गरिरहेको छ । साथै आवश्यकता परेको खण्डमा नगरपालिकाका जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूलाई सम्पर्क गर्नसमेत नगरप्रमुख श्रेष्ठले आग्रह गरेका छन् । 

 

बाँकी रहेको एक वर्षे कार्यकाल पनि उपलब्धीमुलक र नगवासीको सर्वोपरी हितका लागि काम गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।