close

वर्ल्ड भिजनले सरकारलाई दियाे १४ सय अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री

वर्ल्ड भिजनले सरकारलाई दियाे १४ सय अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT


काठमाण्डौं- कोरोना भाइरसको दोस्रो लहरले देश आक्रान्त भईरहेकाबेला यसबाट बालबालिकामा पर्न सक्ने प्रभावप्रति बालबालिकाका क्षेत्रमा काम गर्ने संघ-संस्थाहरु गम्भीर भएका छन् ।

 

अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सक्रीयता नदेखिएको भन्दै गुनासो बढीरहेका बेला बालबालिकाका क्षेत्रमा कामगर्ने अग्रणी संस्था वर्ल्ड भिजन इन्टरनेसनल नेपालले स्वास्थ्य मन्त्रालयलाई अक्सिजन सिलिन्डर अक्सिजन कन्सन्ट्रेटर, इन्फ्रारेड थर्ममीटर लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

 

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले १६ जिल्लाहरूमा कोभिड-१९ अस्पताल तथा स्थानीय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १४ सय अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, एक हजार १२ थान इन्फ्रारेड थर्ममीटर,  एक हजार १२ थान पल्स अक्सिमिटर र २५ अस्पताल बेड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो ।


स्वास्थ्य सामग्री ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश  त्रिपाठी , महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो, समाज कल्याण परिषद्का उपाध्यक्ष डा.पदम खतिवडाले असहज अवस्थामा प्रप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । 

 

देशव्यापी फैलिएको कोभिड-१९ नियन्त्रणको लागि नेपाल सरकारलाई एक सक्रिय साझेदारको रूपमा सहयोग गर्न पाएकोमा गौरव महसुस भएको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका कार्यबाहक राष्ट्रिय निर्देशक अनुभव अधिकारीले बताए ।

 

‘बालबालिकामा संक्रमण दर उच्च रहेको पाइएको छ । हामीले बालबालिकालाई केन्द्रबिन्दुमा राखी १६ जिल्लामा बहुक्षेत्रीय एकीकृत प्रतिकार्य सुरुवात गरेका छौं’, निर्देशक अधिकारीले भने । 

 

वर्ल्ड भिजनले मे देखि जुलाईसम्म सञ्चालन गर्ने ९० दिने अभियानका क्रममा बालसंरक्षण सम्बन्धि विषयहरुमा जनचेतना फैलाउने, सरकारी स्वास्थ्य सेवाहरू सुदृढ गर्ने र नगद कार्यक्रम मार्फत जोखिममा रहेका समुदायहरुको खाद्य सुरक्षा सुनिश्चित गर्ने जस्ता कार्यहरु गर्दैछ । कञ्चनपुर, कैलाली, अछाम, डोटी, बझाङ्ग, जुम्ला, लमजुङ, ललितपुर, काठमाडाैं, सिन्धुली, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, बाँके र धनुषा गरी १६ जिल्लामा कार्यक्रम सञ्चालन हुने वर्ल्ड भिजनका निमित्त संचार प्रबन्धक  आशिष थापा मगरले पालिका खबरलाई जानकारी दिए । 

 

गत वर्ष कोभिड-१९ को पहिलो लहरमा वर्ल्ड भिजनले आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत स्वास्थ्य, खानेपानी तथा सरसफाई, जीवीकोपार्जन र पोषण, बाल संरक्षण र शिक्षा कार्यक्रमहरु र्सचालन गरेको थियो । जसमा एक लाख पाँच हजार बालबालिका, एक लाख ७६ हजार वयस्क, ६२ हजार घरधुरीहरू तथा १५ लाख मानिसहरूलाई अप्रत्यक्ष सहयोग रुपमा पुर्‍याएको थियो ।