close

युद्ध कोरोनाविरुद्ध सुरु 

युद्ध कोरोनाविरुद्ध सुरु 

Trulli
ADVERTISEMENT

काठमाडाैं- कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै आइसीआइडी प्रालिले युद्ध कोरोनाविरुद्ध कार्यक्रमको दोस्रो संस्करण सुरु गरेको छ । 

 

संक्रमणबाट जोगिन र भाइरसविरुद्ध स्थानीय सरकारले गरेका गतिविधिवारे बहस गर्ने यो कार्यक्रम हरेक दिन बिहान ८ः ३० देखि ९ः०० बजेसम्म एभिन्युज खबरबाट प्रशारण हुनेछ । 

 

कोरोनाविरुद्ध स्थानीय सरकारको प्रयास र प्रतिकार्यसँगै संघ प्रदेश र स्थानीय सरकारलाई संक्रमणविरुद्ध समन्वय गराउन कार्यक्रम पुनः सुरु गरिएको कार्यक्रम प्रस्तोता समेत रहेका आइसीआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले बताए । 

 

कोरोना भाइरसको पहिलो लहरका वेला यो कार्यक्रम एक सय एपिसोडसमम संचालन भएको थियो । 

 

भाइरसको दोस्रो लहर सुरु भएसँगै यसविरुद्ध सामूहिक रुपमा जुट्न र स्थानीय सरकारले गरेका कोरोनाविरुद्धको प्रतिकार्यका विषयमा जनतालाई जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रम उत्पादक संस्था आइसीआइडीका उपनिर्देशक करिष्मा कार्कीले जानकारी दिइन् ।