close

कोभिडका नाममा आफूखुशी पैसा नउठाउन जिल्ला प्रशासनको आग्रह

कोभिडका नाममा आफूखुशी पैसा नउठाउन जिल्ला प्रशासनको आग्रह

Trulli
ADVERTISEMENT

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचना जारी गरकेाे छ । कार्यालयले सूचना प्रकाशित गर्दै कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो । 

 

प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, 'कतिपय सङ्घ-संस्थाले आफूखुशी कोष स्थापना गरी आर्थिक सङ्कलन गरेको गुनासो प्राप्त हुन आएकाले कोभिड-१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।'

 

सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ ।