close

धमाधम आइसोलेसन केन्द्र थप्दै इच्छाकामना गाउँपालिका

धमाधम आइसोलेसन केन्द्र थप्दै इच्छाकामना गाउँपालिका

Trulli
ADVERTISEMENT

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले संक्रमितको उपचारको लागि गाउँगाउँमा  आइसोलेसन केन्द्र बनाउने अभियानलाई तीव्र  पारेको  छ । गाउँपालिकाले हालसम्म संक्रमितको उपचारका लागि तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ । 
 


कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले पालिका खबरलाई जानकारी दिइन । 


गुरुङका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको गाउँपमलिकाले जनाएको छ ।

 

इच्छाकामनामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या  ८८ पुगेको छ भने दुई जनाले ज्यान गुमाएका छन् । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ छ । उनीहरूमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेशनमा छ जना उपचाररत छन् बाँकी सबै संक्रमितहरु होमआइसोलेसनमा रहेको गाउँपालिकाले जनाएको छ ।