close

अनि झिलीमिली भयाे ढोरपाटनकाे खुंगा गाउँ ! (भिडियो खबर)

अनि झिलीमिली भयाे ढोरपाटनकाे खुंगा गाउँ ! (भिडियो खबर)

ADVERTISEMENT

बागलुङ- बागलुङको कर्णाली भनेर चिनेने ढोरपाटन नगरपालिकामा अहिले खुसीको सीमा छैन । हरेकका अनुहार मुस्कुराइरहेका छन् । हरेकको मन मस्तिष्क पुलकित भइरहेका छन् । अझ, यो खुसी रातको समयमा बढी देखिन्छ किनकि राति नगरपालिकाको खुंगा गाउँ झिलिमिली हुन्छ ।

 

अहिले उज्यालो र अन्य धेरै कामको लागि आवश्यक विद्युत आफ्नै गाउँमा उत्पादन भएपछि खुंगाबासीमा खुसीयाली छाएको हो । त्यो पनि स्थानीय खोलामा बगेको पानी उपयोग गरेर । स्थानीय सरकारको सक्रियता र केन्द्रीय सरकारको सहयोगमा गाउँमा विजुली बलेको हो । विद्युत नहुँदा विकासको हिसाबले पछाडि परिरहेको गाउँ अहिले विद्युतको आपूर्तिसँगै विस्तारै आफूलाई अब्बल सावित गराउन ब्यस्त बनिरहेको छ । 


बागलुङको ढोरपाटन नगरपालिका–९ खुंगामा अहिले झिलीमिली छ । धिपीधिपी बल्ने बत्ती बालेको लामो समय पछि खुंगावासीको घर भिलिमिली भएको हो । खुंगामा केन्द्रीय प्रसारण लाईन पुगेको छैन तर, स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालेको बिजुली गाउँभरी बाँड्दा कहिले बत्ति उज्यालो बल्थ्यो कहिले धिपधिपे ।

 

खुंगमा केहि वर्ष पहिले भालिवाङ जलविद्युत आयोजना पहिलो’ सञ्चालन थियो । ३० किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत आयोजना दोस्रो सञ्चालनमा आएको छ । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन नगरपालिका-४ खुंगाका गाउँहरु भिलीमिली बनाएको हो ।

 

नगरपालिकाको वडा नं. ४ भालिवाङ जलविद्युत आयोजना निर्माणमा चार करोड बढी लगानी भएको छ । वैकल्पिक उर्जा  केन्द्रको आर्थिक अनुदान, नगरपालिका अन्तरगत वडाको वजेट र स्थानीय जनताको जनश्रमदान गरि ४ करोड बढी लगानी लागेको आयोजनाका मेनेजर दीर्घलाल गैरेले बताउनुभयो ।


यहाँ उत्पादन भएको विद्युतले ढोरपाटन नगरपालिका–४ खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ । भालिवाङ लघु जलविद्युुत आयोजनाबाट १०० किलोवाट क्षमतामा विद्युत उत्पादन भएको छ । यस अघि भालिवाङ खोलामा ३० किलोवाट क्षमताको विद्याुत उत्पादन गरेर गाउँलेले बत्ती बालेका थिए ।

 

मधुरो धिपिक्क बल्ने बत्तिले आजित भएका गाउँलेहरु अहिले उज्यालो बत्ति पाउँदा खुसी छन् । भालिवाङ दोस्रो जलविद्युत निर्माणमा वैकल्पिक उर्जा  केन्द्रको २ करोड ८ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट ९० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्षले बताए ।

 

करिव ३ सय ८८ घरधुरी लाभान्वित हुनेगरि निर्माण गरिएको जलविद्युत निर्माणमा स्थानीय उपभोक्ताबाट प्रतिघरधुरी ५ हजारका दरले पैसा उठाईएको छ । गाउँमा विजुली निर्माण भएपछि, स्थानीय स्तरमा चल्ने, मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फर्म लगायतका उद्यमहरु समेत सहज सञ्चालनमा आएका छन् ।

 

घर घरमा उज्यालो छ । केन्द्रीय प्रशारण लाईनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ । पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तिहरुमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत आयोजनाहरुबाट नै विद्युत आपूर्ति हुने गरेको छ ।