close

अब एमाले रहेनन् झलनाथ खनाल र माधव नेपालहरु ! 

अब एमाले रहेनन् झलनाथ खनाल र माधव नेपालहरु ! 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालहरुसँगको सम्वन्ध  पास्ट टेन्स भइसकेको बताएको भोलिपल्टै झलनाथ खनाल र नेपालसहितका नेता एमालेको साधारण सदस्यवाटै निस्काशनमा परेका छन् ।

 

स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका एमालेका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

 

शनिवार स्पष्टिकरण मागिएका खनाल, नेपाल र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

 

निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,  सरला यादव,पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का छन् ।
 

बैठकले आज थप नेतालाई स्पष्टीकरण मागेको छ । कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सवै नेतालाई निष्काशन गर्ने पार्टीको तयारी रहेको ज्ञवालीको भनाइ छ ।