close

आधारभूत तहमा स्थानीय पाठ्यक्रम चलाउँदै पोखरा

आधारभूत तहमा स्थानीय पाठ्यक्रम चलाउँदै पोखरा

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रमअनुसार अध्ययन गराउने भएको छ । 
४९औँ कार्यपालिका बैठकले नयाँ शैक्षिक सत्रबाट स्थानीय पाठ्क्रम लागू गर्ने निर्णय गरेको हो ।

 

१ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भएको छ । आउँदो शैक्षिक सत्रबाट यो पाठ्यक्रम लागू हुने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । पोखराले ९ वटा विषय क्षेत्र निर्धारण गरेर पाठ्यक्रम तयार गरेको छ ।

 

विशेषगरी पर्यटन, कृषि, पशु, व्यक्ति–व्यक्तित्व, धार्मिक र ऐतिहासिक महत्त्वका विषय, तालतलैयालगायत क्षेत्र यसमा समेटिएका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । 
 

 

‘विषय क्षेत्र अघिल्लो वर्ष नै छनोट भएको हो । यो वर्ष त्यसकै आधारमा पाठ्यक्रम बनायौँ’, उनले भने, ‘अब चल्ने कक्षामा यो लागू हुन्छ ।’ 
राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय पाठ्यक्रमको १ सय पाठ्यभार तोकेको छ । त्यसमा संस्कृत विषय वा स्थानीय पाठ्यक्रमबाट तयार गरिएको पाठ्यपुस्तक पढाउनुपर्ने अनिवार्य छ । छिट्टै ६ देखि ८ सम्मको पाठ्यक्रम पनि तयार हुने आचार्यले बताए ।