close

'यास' चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो मात्रामा जनधनको क्षति

११ लाखभन्दा बढी मानिसको उद्धार

'यास' चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो मात्रामा जनधनको क्षति

११ लाखभन्दा बढी मानिसको उद्धार

Trulli
ADVERTISEMENT

एजेन्सी- भारी वर्षा सहितको चक्रवातका कारण पूर्वी भारत र छिमेकी बंगलादेशमा लाखौं मानिस प्रभावित भएका छन् । 'यास' नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । 

 

भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधी १३० देखि १४० किलोमिटर प्रतिघण्टाको गतीमा अघि बढिरहेको छ । 


बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्लाअग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ । भारतमा पनि भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् । 

 

पश्चिम बंगाल सरकारले तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी माटाले बनाएका घर क्षतिग्रस्त भएको जनाएको छ । 

 

मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ । 


कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।