close

एसइई सञ्चालनको विकल्प खोज्दै सरकार 

कार्यदलले सुझाव तयार गर्दै

एसइई सञ्चालनको विकल्प खोज्दै सरकार 

कार्यदलले सुझाव तयार गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं- कोभिड-१९ का कारण स्थगित एसइईको परीक्षाबारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएकोले अबको केहि दिनमै एसइईबारे निर्णय गरिने बताए ।

 

शिक्षक र अभिभावक र विद्यार्थीबीच प्रत्यक्ष सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।


मन्त्रालयले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने धारण राखेको छ । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ ।