close

काेराेना संक्रमित बोक्न लिखुपिकेका अध्यक्षले दिए गाडी (भिडियो खबर) 

काेराेना संक्रमित बोक्न लिखुपिकेका अध्यक्षले दिए गाडी (भिडियो खबर) 

ADVERTISEMENT

सोलुखुम्बु- स्थानीय सरकारका प्रमुखले अहिले कोरोना महामारीमा नागरिकबाट उठाएको करबाट प्राप्त सेवा सुविधा अन्तर्गत प्रयोग गर्ने गरेको गाडी एम्बुलेन्स बनाएका छन् । महामारीमा सानो सहयोग पनि ठूलो हुन्छ । गाडीलाई एम्बुलेन्स बनाएर प्रयोग गर्न दिएर सराहनीय काम जनप्रतिनिधिले गरिरहँदा नागरिकमा सुखद सञ्चार भएको छ ।

 

अहिले एम्बुलेन्सको अभाव भइरहँदा यसरी गाडी प्रयोगले स्थानीयलाई उपचार पाउन सहज भएको छ भने सवारीसाधनको अभावमा नै कसैले संक्रमणको कारण ज्यान गुमाउनुपरेको छैन । यस्तै, सराहनीय काम सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिले पनि गरेका छन् । कोरोना संक्रमितलाई अस्पतालमा पुर्‍याउन साधन अभाव भएपछि स्थानीय तहका जनप्रतिनिधिले प्रयोग गर्दै आएका सरकारी गाडी धमाधम एम्बुलेन्स बनाएर सेवा दिइरहेका छन् ।

 

संक्रमण दिनप्रतिदिन बढिरहेको सन्दर्भमा जनताको स्वास्थ्यको सुरक्षाका लागि सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले प्रयोग गदै आएको बा२झ ३६८७ नम्बरको गाडी कोभिड नियन्त्रणको अवधिभर अस्थाई एम्बुलेन्सको रुपमा पालिका स्वास्थ प्रमुख ज्ञानु कार्कीलाई हस्तान्तरण गरिएको छ । 

 

संक्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा जनताकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूलाई नैतिकताले नदिएको भन्दै लिखुपिकेका अध्यक्षले आफूले चढ्ने गाडी एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न दिएका हुन् । 

 

दोस्रो लहरको महामारीले सोलुखुम्बुलाई पनि सताएको छ । जिल्लामा संक्रमित बढ्दै गएका छन् । लिखुपिकेका हालसम्म १८ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये केही व्यक्ती कोरोना मुक्त भईसकेका छन् । संक्रमितलाई राख्न पालिकाले १० बेडको आइसोलेसन कक्ष बनाएको छ । पालिकाको यो निर्णयप्रति स्थानीय पनि खुसी छन् । 

 

कार्यपालिकाको बैठकको निर्णयसँगै स्वास्थ शाखा लाई हस्तान्तरित गाडीले कोरोना बाहेक का अन्य बिमारीलाई पनि न्युनतम शुल्क लिएर आसपास देखि राजधानी र अन्य शहर सम्म लैजान सकिने जनाएको छ । अहिले देश कोरोनाले पूर्ण आक्रान्त बनिरहेको बेला कतिपय गाउँपालिका जनप्रतिनिधिले आफुले लिएको सुबिधा गाउँपालिकाका नागारिकलाई बाँडिरहेका छन् ।  

 

यो राम्रो पक्ष हो  । तर, यो निर्णय हात्तीको जस्तो देखाउने दाँत एउटा र चपाउने दाँता अर्को जस्तो नहोस् । सकेसम्म नागारिकलाई सेवा सरकारी गाडी चढेरै दिनुपर्छ भन्ने हैन कोभिड पछि पनि एम्बुलेन्स नै बनाउँन पनि सकिन्छ ।