close

उदयपुरमा बुधबार अहिलेसम्मकै बढी संक्रमित थपिए

उदयपुरमा बुधबार अहिलेसम्मकै बढी संक्रमित थपिए

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरमा अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन । बुधबार एकै दिन १३८ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी त्रियुगामा ४८, कटारीमा २६, बेलकामा ७, रौतामाईमा ३८, लिम्चुङबुङमा १२ र उदयपुरगढीमा ८ गरी १३८ जना छन् ।

 

यसमा ४८ महिला र ९० पुरुष रहेको स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या ९६२ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित ४३१ पुरुष र ३४८ महिला गरी ७७९ छन् । 

 

अहिलेसम्म जिल्लामा १९ पुरुष र १० महिला गरी २९ जना संक्रमितको ज्यान गएको छ भने ९१ पुरुष र ६३ महिला गरी १५४ संक्रमित निको भएको स्वास्थ्य कार्यालय उदयपुरको तथ्यांकमा उल्लेख छ ।
 

सक्रिय संक्रमित संख्या ७७९, निको भएको संख्या १५४ र ज्यान गुमाउने गरी कुल ९६२ पुगेको छ । उदयपुरको स्थानीय तहमध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमित छन् ।

 

त्रियुगामा अहिले पनि सक्रिय संक्रमित १७० महिलासहित ३७७ जना छन् । त्यसैगरी दोस्रोमा कटारी नगरपालिकामा ४२ महिलासहित १०१ जना, तेस्रोमा चौदण्डीगढी नगरपालिकामा ४२ महिलासहित ८६ जना, बेलका नगरपालिका ३७ महिलासहित ६७ जना रहेका छन् ।
त्यसपछि क्रमशः रौतामाई गाउँपालिकामा १८ महिलासहित ६२, लिम्चुङबुङमा २६ महिलासहित ५१, उदयपुरगढीमा १२ महिलासहित ३४ र ताप्लीमा १ महिला मात्र संक्रमित रहेको स्वास्थ्यक कार्यालयले बताएको छ । 

 

मृत्यु हुनेमा पनि त्रियुगा नगरपालिकामा ७ महिलासहित १९, चौदण्डीगढीमा १ महिलासहित ४, कटारी नगरपालिकामा १ महिलासहित ३ जना, उदयपुरगढी गाउँपालिकामा १ महिलासहित २ जना र बेलका नगरपालिकामा १ जना पुरुष गरी २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।