close

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासमा, भोलिबाट सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासमा, भोलिबाट सुनुवाइ हुने

Trulli
ADVERTISEMENT

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संवैधानिक इजालसमा पठाउने आदेश गरेको हो । सर्वाेच्चमा परेका ३० वटै रिट निवेदनमाथि सुनुवाई भने शुक्रबारबाट हुनेछ ।
 

 

प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदको समर्थनसहित २६ रिट निवेदन दर्ता भएका छन् भने चार रिट निवेदन प्रधानमन्त्री केपी ओलीलाई पुनः नियुक्तिको माग गर्दै दर्ता भएका छन् । 
 

 

कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् । 
 

 

“असंवैधानिक रुपमा विघटन भएको प्रतिनिधिसभालाई पुनःस्थापना गरी प्रतिनिधिसभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री  नियुक्तिको लागि म निवेदक शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेश गरेको मिति २०७८ जेठ ७ गतेको विश्वासको आधारमा निवेदकमध्येका मलाई प्रधानमन्त्री नियुक्त गर्नू ।” रिट निवेदनमा भनिएको छ ।