सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित


  • change font
  • change font
  • change font

एजेन्सी- सिरियाको राष्ट्रपति पदकामा बसर अल असद पुनः निर्वाचित भएका छन्  । दुई दिन अघि भएको मतदानबाट असद नै पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन ।


सिरियाको संसदले बिहीबार असद पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको जनाएकाे छ ।


यस पटकको निर्वाचनमा असदले प्रतिद्धन्द्धीहरुको तुलनामा अत्याधीक मतका साथ बीजयी भएका हुन् । बसर अल असदको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।

 

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।


सिरियाको राष्ट्रपतिमा असदको यो चौथो कार्यकाल हो । सिरियाको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुनेछ ।