close

‘शूत्र’ प्रणालीमा जोडिए सबै स्थानीय तह

‘शूत्र’ प्रणालीमा जोडिए सबै स्थानीय तह

Trulli
ADVERTISEMENT

काठमाडौं- चालू आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म सबै स्थानीय तह स्थानीय तहको सञ्चित कोष प्रणाली (शूत्र) मा आबद्ध भएका छन् ।


सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्म सबै स्थानीय तह शूत्र प्रणालीमा आबद्ध भएको उल्लेख गरिएको छ ।

 

स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तहका लागि तयार गरिएको मोबाइल एप्स २०७७ फागुनसम्म ६६७ स्थानीय तहका वेबसाइटसँग अन्तरआबद्धता कायम गरी सञ्चालनमा ल्याइएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।


त्यसैगरी स्थानीय तहको कार्य सम्पादन सहज, सरल, प्रभावकारी बनाउन स्थानीय तहका सेवा सूचना एवं तथ्यांकलाई आमनागरिकले मोबाइल एप्सबाट सहज रूपमा लिन सक्ने व्यवस्था गरिएको छ ।