close

काेराेना खोप किन्न २६ अर्ब ७५ करोड बजेट, उपचारका लागि ३७ अर्ब ५३ करोड खर्च गरिने

काेराेना खोप किन्न २६ अर्ब ७५ करोड बजेट, उपचारका लागि ३७ अर्ब ५३ करोड खर्च गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ ।


अर्थमन्त्री बिष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै निःशुल्क कोभिड खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको बताए । 


उपचारमा संलग्न कर्मचारीलगायतका लागि प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ । 


१०० बेड भएका अस्पतालमा अनिवार्य रूपमा आफ्नै अक्सिजन प्लान्ट लगाउनुपर्नेछ । कोभिडको परीक्षण र उपचार निःशुल्क गरिनेछ ।