close

निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् निःशुल्क

निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् निःशुल्क

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कोरोना महामारीको निषेधाज्ञा अवधिभर  घरेलु तथा साना उपभोक्ताले मासिक रूपमा २० युनिटसम्म खपत गर्ने विद्युत्मा शुल्क तथा महसुल छुट दिने भएको छ ।


अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै  मासिक ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने निर्णय गरेको बताए ।


उनका अनुसार साझेदारी, सह-लगानीलगायत सबै प्रकारका खानेपानी सामुदायिक सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क र महसुल पूरै छुट दिने निर्णय भएको छ ।


होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको डिमान्ड शुल्क छुट दिने व्यवस्था गरिएको छ । नेपाल खानेपानी संस्थान, काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) तथा स्थानीय तहबाट वितरण हुने गार्हस्थ उपभोक्तालाई मासिक २० हजार लिटरसम्म पानी निःशुल्क वितरण गरिनेछ ।