close

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय, २ वर्षभित्र सबै विद्यालयमा निःशुल्क इन्टरनेट 

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय, २ वर्षभित्र सबै विद्यालयमा निःशुल्क इन्टरनेट 

Trulli
ADVERTISEMENT

काठमाडौं-  सरकारले विश्वविद्यालयलाई अनुसनधानमूलक बनाउन बजेट दिइएको छ भने सवै स्थानीय तहमा प्रविधिक शिक्षालय बनाइने भएको छ । यसका लागि ससर्त अनुदान दिइने भएको छ ।

 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । 

 

१ हजार वढी क्याम्पसको भवन पूर्वाधारका लागि बजेट छुट्याइएको छ । 

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट दिइएको छ भने विद्यार्थी भर्ना कार्यक्रम प्रभावकारी बनाइने घोषणा गरिएको छ । 

 

दिवा खाजाका लागि आठ अबै बजेट बिनियोजन गरिएको छ ।

 

दुइ वर्षभित्र सबै विद्यालयमा सवै विद्यालयमा निःशुल्क इन्टरनेट पुर्याउने घोषणा गरिएको छ भने आगामी आर्थिक वर्षभित्रमा यो संख्या ६० प्रतिशत पुर्याइने घोषणा गरिएको छ । 

 

निःशुल्क स्यानिटरी प्याट खरिदका लागि ४ अर्ब बजेट छुट्याइएको छ ।