close

अक्सिजन प्लान्ट बनाउन नगरप्रमुखले दिए पालिकाबाट पाउने तलव भत्ता

अक्सिजन प्लान्ट बनाउन नगरप्रमुखले दिए पालिकाबाट पाउने तलव भत्ता

Trulli
ADVERTISEMENT

झापा- झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाबाट पाएको पारिश्रमिक तथा भत्तावापतको १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् । 

 

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएपछि नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न पोखरेलले आफ्नो पारिश्रमिक दिएका हुन् । 

 

पालिकाखबरसँग कुरा गर्दै नगरप्रमुख पोखरेलले नागरिकका समस्यामा थोरै भएपनि मलहम लगाउने प्रयास गरेको बताए । पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेको थिए ।


नगरप्रमुख पोखरेलले पहिलो वर्ष सुविधावापत पाएको  तीन लाख ४० हजार रुपैयाँ नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गराएका थिए । 


नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यस अस्पतालमा दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । यसका लागि नगरको चालु बजेटबाट एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरूबाट एक करोडको आश्वासन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।