close

बागमती स्वच्छ बनाउन नागमतीमा बाँध

बागमती स्वच्छ बनाउन नागमतीमा बाँध

Trulli
ADVERTISEMENT

काठमाडौं- बाग्मती नदीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।

 

बाग्मतीमा जानीको बहाव बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यका साथ शिवपुरी राष्ट्रिय निकुञ्जको धापमा निर्माण गरिएको बाँध अन्तिम चरणमा पुगेको छ । 


नागमती बाँध पनि तयार भएपछि बागमतीमा स्वच्छ पानी बगाउन सकिने छ । बाँध निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेटमा उल्लेख छ । 


काठमाडौं उपत्यकाका बागमती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि तीन अर्ब ४७ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।