close

भीमेश्वर ग्रुपद्वारा दोलखाका तीन पालिकालाई स्वास्थ्य सामग्री 

भीमेश्वर ग्रुपद्वारा दोलखाका तीन पालिकालाई स्वास्थ्य सामग्री 

Trulli
ADVERTISEMENT

दाेलखा- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जुटेका दोलखाका तीन पालिकालाई भीमेश्वर ग्रुप अन्तर्गतको सगुन कन्स्ट्रक्सन प्रालिले विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । 


कम्पनीले एक कार्यक्रमकाबीच भीमेश्वर नगरपालिकालाई १० हजार थान मास्क, ३ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन र ३५ लिटर स्यानीटाइजर प्रदान गरेको हो । भीमेश्वसँगै स्वास्थ्य सामग्री कम्पनीले गौरीशंकर र मेलुङ गाउँपालिकालाई पनि  हस्तान्तरण गरेको थियो ।


कम्पनीले गौरीशंकर गाउँपालिकालाई ५ हजार थान मास्क, १ वटा अक्सिजन कन्सन्ट्रेटर र १० लिटर स्यानीटाइजर र मेलुङ गाउँपालिकालाई २० हजार थान मास्क, ७५ लिटर स्यानीटाइजर र ६ वटा कन्सन्ट्रेटर प्रदान गरेको हो । 


आफूहरुले प्रदान गरेको स्वास्थ्य सामग्रीले पालिकाहरुलाई कोरोना नियन्त्रणमा थप सहयोग पुग्ने कम्पनीका कार्यकारी निर्देशक सहदेव खड्काले पालिका खबरलाई जानकारी दिए । स्वास्थ्य सामग्री वितरण गर्ने खड्का मेलुङ गाउँपालिका-७ का स्थानीय बासिन्दा हुन् ।