close

पश्चिम नवलपरासीमा थपियो निषेधाज्ञा

पश्चिम नवलपरासीमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- पश्चिम नवलपरासीमा २२ जेठसम्म निषेधाज्ञा थप गरिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले २२ जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 

निषेधाज्ञा जारी गरिएको समयावधिमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन् । निषेधाज्ञा अवधिभर औषधोपचार तथा अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन पाउने छैनन् । 


सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिस जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


विद्यालय, शिक्षालय, तालिम केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, ब्युटिपार्लरलगायत बन्द गरिनेछ ।

 

मठमन्दिर तथा विभिन्न धार्मिक स्थलमा परम्परागत रूपमा गरिने नित्य पूजाबाहेक अन्य सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधि बन्द गर्ने, मृत्यु संस्कारमा १५ जना बढी सहभागी हुन नपाइने निषेधाज्ञामा उल्लेख छ ।


एम्बुलेन्स, दमकल, शव वाहन, अत्यावश्यक खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, क्वारेन्टाइन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन भने यथावत् चल्न पाउनेछन् ।


जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अवज्ञा गरे संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।