close

खेतबारीमा तरकारी कुहिन थालेपछि गुड्यो कृषि एम्बुलेन्स

खेतबारीमा तरकारी कुहिन थालेपछि गुड्यो कृषि एम्बुलेन्स

Trulli
ADVERTISEMENT

पाल्पा– कोरोना महामारीका कारण कृषकको उत्पादन खेतबारीमै सड्ने अवस्था आएपछि पाल्पामा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । खेतबारीमै तरकारी कुहिने अवस्था बनेपछि सहरका उपभोक्ताको घरसम्म एम्बुलेन्समार्फत तरकारी ल्याउन थालिएको हो । 

 

कृषि एम्बुलेन्सबाट तानसेन पालिकाभित्रका उपभोक्ता लाभाविन्त भएका छन् । कृषि सहकारी संस्थाको पहलमा तानसेन नगरपालिका र साझेदार निकाय मिलेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । कृषकसँग खरिद गरेको मूल्यमा ढुवानी जोडेर उपभोक्तालाई तरकारी बिक्री गर्न थालिएको छ ।

 

तौलअनुसारका प्याकेजिङ गरी सुरक्षा मापदण्ड अपनाएर सहरमा तरकारी बिक्री गरिँदै आएको छ । कोरोना कहरले ताजा तरकारी सस्तो मूल्यमा पाएपछि उपभोक्ता झनै खुसी छन् । स्वास्थ्य मापदण्ड अपनाएर तरकारी खरिद गरेको तानसेन नगरपालिकाका चन्द्रबहादुर थापाले बताए ।

 

गत वर्ष पनि कोरोना कहरका बेलामा पालिकाहरूले कृषि एम्बुलेन्स सञ्चालन गरेका थिए । कृषक सहकारीले तरकारी बारीमै कुहिन थालेपछि यो वर्ष पनि कृषि एम्बुलेन्स सञ्चालन गरेका हुन् । घरगाउँमा उत्पादित सिमी, काँक्रो, खुर्सानी, कटहर र गोलभेडा सहरमा बिक्री भइरहेको हो ।

 

३ दिने अवधिमा ६ हजार किलो तरकारी बिक्री भएको छ । कृषि एम्बुलेन्स सेवा सुरु भएपछि कृषकलाई राहत मिलेको साझेदार संस्थाका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताए । कृषि एम्बुलेन्स सञ्चालनले बन्दाबन्दीका बेला कृषक र उपभोक्ता दुवैलाई फाइदा पुगेको उनको दाबी छ ।