close

७५३ स्थानीय तहले पाए २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख अनुदान

प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब ७० करोड २५ लाख

७५३ स्थानीय तहले पाए २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख अनुदान

प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब ७० करोड २५ लाख

Trulli
ADVERTISEMENT

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ का लागि देशभरका स्थानीय तहहरुले केन्द्र सरकारबाट २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख रुपैयाँ अनुदान दिएको छ ।

 

केन्द्र सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा यो बजेट छुट्याएको हो । 

 

केन्द्रवाट सातवटा प्रदेश सरकारहरुले भने १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ पाएका छन् । प्रदेश र स्थानीय तह गरी केन्द्र सरकारले अनुदानवापत ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ बजेट दिएको छ ।

 

अर्थमन्त्रालयका अनुसार महानगरपालिकाहरुको लागि १० अर्ब ९ करोड २८ लाख रुपैयाँ अनुदान दिइएको छ । देशभर ६ वटा महानगरपालिका छन् ।

 

यस्तै, उपमहानगरपालिकाहरुलाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाहरुलाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाहरुलाई १ खर्ब ३९ अर्ब १९ करोड २८ लाख रुपैयाँ बजेट अनुदानस्वरप दिइएको छ ।