close

मोरङमा थपियो निषेधाज्ञा

मोरङमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

मोरङ- मोरङमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्मलाई थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ सम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा थपगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

 

प्रमुख जिल्ला अधिकारी निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचांै सूचना जारी गर्दै  जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् । 

 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।