close

स्याङ्जाका ११ स्थानीय तहले पाए ४ अर्ब ३४ करोड ७६ लाख 

स्याङ्जाका ११ स्थानीय तहले पाए ४ अर्ब ३४ करोड ७६ लाख 

Trulli
ADVERTISEMENT

स्याङ्जा- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन गरिएको हो ।

 

नगरपालिकामा सबैभन्दा बढी पुतली बजारलाई ५८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोटले ३८ करोड ५१ लाख रुपैयाँ पाएको छ । वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन भएको छ ।


उक्त रकममध्ये समानीकरणमा रु १६ करोड ३९ लाख, ससर्तअन्तर्गत ३९ करोड ६२ लाख र विशेष अनुदान १ करोड ६६ लाख गरी कुल ५७ करोड ६७ लाख रुपैयाँ विनियोजन भएको हो । 


समानीकरणमा १० करोड ८० लाख, ससर्त अन्तर्गत २५ करोड ८० लाख, समपुरक अनुदान ६६ लाख र विशेष अनुदान १ करोड २५ लाख गरी भीरकोटलाई ३८ करोड ५१ लाख रुपैयाँ विनियोजन भएको छ ।

 

गल्याङ नगरपालिकालाई समानीकरणमा १३ करोड ४३ लाख, ससर्त अनुदानअन्तर्गत ३५ करोड ४६ लाख, समपुरक अनुदान ४ करोड ६ लाख र विशेष अनुदान ८४ लाख गरी जम्मा ५३ करोड ७९ लाख रुपैयाँ विनियोजन भएको छ ।


पुतलीबजार नगरपालिकाको समानीकरण अनुदानमा १५ करोड ३ लाख र ससर्त अनुदानअन्तर्गत ४३ करोड ६१ लाख गरी ५८ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

 

त्यस्तैगरी चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा १० करोड ६७ लाख, ससर्त अनुदानअन्तर्गत २८ करोड ३८ लाख, समपुरक अनुदान १ करोड ३९ लाख र विशेष अनुदानमा २ करोड १६ लाख ४२ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । 

 

गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोलाले २४ करोड ३७ लाख रुपैयाँ पाउने भएको छ ।


कालीगण्डकीलाई समानीकरणमा १० करोड २२ लाख, ससर्ततर्फ २२ करोड १६ लाख, समपुरकमा १ करोड १९ लाख र विशेष अनुदान २ करोड ८ लाख गरी जम्मा ३५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको हो । 

 

समानीकरणमा ८ करोड ५७ लाख, ससर्तअन्तर्गत १८ करोड २४ र समपुरकतर्फ ८३ लाख गरी अर्जुनचौपारीलाई २७ करोड ६४ लाख विनियोजन गरेको छ । त्यस्तै, समानीकरणमा ८ करोड ७३ लाख, ससर्तअन्तर्गत २१ करोड ६४, समपुरकतर्फ २ करोड ८ लाख र विशेष अनुदान १ करोड ३३ लाख गरी आँधीखोलालाई ३३ करोड ७८ लाख विनियोजन भएकोे छ ।

 

समानीकरणमा ७ करोड ५८ लाख, ससर्तअन्तर्गत १५ करोड ४६ लाख, समपूरक ४२ लाख र विशेष अनुदान ९१ लाख गरी फेदीखोलालाई २४ करोड ३७ लाख विनियोजन गरेको छ । समानीकरणमा ९ करोड १० लाख, ससर्त अन्तर्गत २० करोड ४ लाख, समपुरक अनुदान ४६ लाख र समपुरक १ करोड ४५ लाख गरी बिरुवालाई ३१ करोड ५ लाख रुपैयाँ विनियोजन भएको छ ।

 

समानीकरणमा ८ करोड ७८ लाख, ससर्त अन्तर्गत १७ करोड १७, समपुरकमा २ करोड ६२ लाख र विशेष अनुदानमा २ करोड ४९ लाख गरी हरिनासालाई ३१ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ ।

 

जिल्लामा विनियोजित रकममध्ये समानीकरणमा कुल १ अर्ब १९ करोड ३० लाख, ससर्त अनुदानअन्तर्गत २ अर्ब ८७ करोड ५८ लाख, समपुरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ लाख गरी जम्मा ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा ४० करोड ५४ लाख बढी हो ।