close

म्याग्दीमा एक हप्ता थपियो निषेधाज्ञा

म्याग्दीमा एक हप्ता थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने निषेधाज्ञा थप गरिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

 

निषेधाज्ञाको समयावधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिइने छ । तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु भने बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।