close

संक्रमितको आत्मबल बढाउन घरघर पुग्छन जनप्रतिनिधि

संक्रमितको आत्मबल बढाउन घरघर पुग्छन जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

कैलाली-  घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको आजभोली दैनिकि फेरीएको छ । कोरोनाको दोस्रो लहर सुरु हुनु अघिसम्म सभा-समारोह, बैठक जस्ता काममा व्यस्त हुने चौधरी आजभोलि संक्रमितका घरमा भेटिन्छन् ।  

 

कोरोना संक्रमण भएर होमआइसोलेशनमा बसेकाहरूको हौसला बढाउन नगरप्रमुख चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितका घरघरमा पुग्ने गर्छन र रोगसँग लड्ने उर्जादिएर फर्कन्छन् । नगरप्रमुख नै यसरी संक्रमितका घरघर पुगेर हौसला दिँदा आफूहरूमा सकारात्मक ऊर्जा आएको संक्रमितहरू बताउँछन् । 

 

सक्रिय संक्रमित होमआइसोलेसनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, खानपिनको जानकारी तथा औषधि भए-नभएकोलगायतका विषयमा जानकारी लिनुका साथै संक्रमण देखिएर होमआइसोलेसनमा बसिरहेकाको आत्मबल बढाउन स्वास्थ्यकर्मीको टोलीसहित आफूहरू संक्रमितकै घरसम्म पुगेको नगरप्रमुख चौधरीले पालिका खबरलाई बताए ।


संक्रमण देखिइसकेपछि घरमै होमआइसोलेशनमा बसिरहँदा अनेक किसिमका कुरा मनमा खेल्ने तथा डर पैदा हुने भएका कारण त्यस किसिमका तनाव नलिई स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्न तथा जानकारी दिन जाँदा सङ्क्रमितमा सकारात्मक सन्देश गएको चौधरी बताउँछन् ।

 

घोडाघोडी नगरपालिकामा हाल १०५ सक्रिय संक्रमित होमआइसोलेसनमा बस्दै आएका छन् भने अस्थायी कोरोना अस्पतालमा चार जनाले उपचार गराइरहेका छन् । पालिकामा अहिलेसम्म ८५ जना निको भएर घर फर्किँदा २० जनाको मृत्यु भएको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।