close

न्यायाधीशकै राय बाझियो, कार्की र भट्टराईले गरे केसी र श्रेष्ठसँगै इजलास नबस्ने घोषणा

न्यायाधीशकै राय बाझियो, कार्की र भट्टराईले गरे केसी र श्रेष्ठसँगै इजलास नबस्ने घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने र शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध परेका रिटको सुनुवाईका क्रममा न्यायाधीशकै वीच राय बाझिएकाे छ । 


रिट निवेदकले न्यायाधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठले यो विवादमा सुनवाई गर्न नमिल्ने दावी गरेपछि सइजलासमा बसेका ४ न्यायाधीशले बेग्लावेग्लै राय लेखेका छन् । 


जसमा विवादमा परेका दुइ जना न्यायाधीशले आफुहरु यो मुद्धाको सुनुवाई गर्न सक्षम रहेको र सुनुवाईवाट पछि नहट्ने आदेश गरेका छन् । 


संवैधानिक इजलासमा रहेका अन्य दुई न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईले भने केसी र श्रेष्ठसँगैको इजलासमा बसेर आफुहरुले यो विवादको सुनुवाइ नगनेृ आदेश गरेका छन् । 

 

उनीहरुले दुई न्यायाधीशमाथि प्रश्न उठेको भन्दै प्रधानन्यायाधीशले गठन गरेको वर्तमान इजलासमा नबस्ने तर प्रधानन्यायाधीशले विवादमा परेका दुईजना बाहेकको इजलास गठन गरेमा सुनुवाईमा सहभागी हुने आदेश गरेका छन् । 


इजलासका ४ न्यायाधीशको परस्पर विरोधी आदेशका कारण संवेधानिक इजलासका प्रमुख समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा भने सकसमा परेका छन् ।