close

ज्येष्ठ नागरिकलाई २५ जेठदेखि लगाइँदै खोप

ज्येष्ठ नागरिकलाई २५ जेठदेखि लगाइँदै खोप

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले २५ जेठदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको हो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङिबीचको केही दिनअघिको टेलिफोन वार्तापछि चीन सरकारले अनुदानमा खोप उपलब्ध गराएको हो । मन्त्रालयका अनुसार मंगलबार चीनबाट ९ लाख मात्रा भेरोसेलखोप आएको र बुधबार थप १ लाख मात्रा तिब्बत सरकारबाट आउनेछ ।

 

खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका खोप लगाउने करिब ८ लाख जनसंख्या रहेको छ । 

 

मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा ७ लाख १४ हजार १६३ जनाले लगाएका छन् । 

 

अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरिद गरेर १० लाख मात्रा, चीनबाट यसअघि ८ लाख र कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार खोप आएको छ ।